राष्ट्र बैंकद्वारा तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज
वि.सं.२०८१ पुस १२ शुक्रवार १३:१०
1.3K
shares
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । खारेज भएको सूचना शुक्रबार सार्वजनिक भएको छ ।
राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको सूचनामा जनाएको छ ।
कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको विप्रेषण नियमावली २०७९(प्रथम संशोधनसहित)को विनियम १३ को उपनियम ८ बमोजिम सूचना प्रकाशित गरिएको जनाइएको छ ।
राष्ट्र बैंकले खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनु/दिनु भए ३५ दिनभित्र लिखित जानकारी दिन पनि भनेको छ ।













