लामिछानेलाई भेटेपछि डा.केसीले के भने ?
वि.सं.२०८१ पुस १३ शनिवार १६:००
1.09K
shares
shares

पोखरा । राजनीतिक विश्लेषक प्राध्यापक डा.सुरेन्द्र केसीले देशभरि रहेका करिब चार हजार सहकारीहरूमा कालो धन लगानी भएको खुलासा गरेका छन् ।
सहकारी ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेपछि संचारकर्मीहरुसंग कुरा गर्दै डा.केसीले त्यस्तो खुलासा गरेका हुन् ।
देशभरि रहेका चार हजार सहकारीमा अवैध तरीकाले लगानी भएको खरबौँ रुपियाँको खोजी हुनु पर्नेमा जोड दिँदै स्वतन्त्र बुद्धिजीवी केसीले राज्य त्यतातिर नदिई रवि लामिछानेको पछि लागेर २८ करोड रुपियाँको खोजीमा लागेको टिप्पणी गरे ।
विगतमा आफूले भनेको रवि लामिछानेले नमानेको गुनासो गर्दै राजनीतिमा लाग्नेहरूले आत्तिन नहुने भएकाले धैर्य गर्न लामिछानेलाई अनुरोध गरे ।













