अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन

  • काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ ।

    आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा १०० वर्षको उमेरमा उनको निधन भएको हो ।

    सन् १९७७ देखि १९८१सम्म राष्ट्रपति भएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन् ।

    राजनीतिमा प्रवेश गर्नु अघि उनी सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट थिए । यसअघि उनकी श्रीमती रोसलायन कार्टरको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation