अमेरिकामा बन्द भयो टिकटक

1.09K
shares

अमेरिकामा सामाजिक सञ्जाल टिकटक बन्द भएको छ ।

बिहानदेखि अमेरिकाभरि बन्द भएको टिकटक गुगल प्ले स्टोर र एप्पल स्टोरमा एप्लिकेसन नै नदेखिएको प्रयोगकर्ताहरूले बताएका छन्।

अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनीलाई बाइटडान्सलाई टिकटक कि अमेरिकालाई बेच्नुपर्ने कि अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने बताएका थिए।

त्यसविरूद्ध परेको मुद्दामा शुक्रवार अमेरिकी उच्च अदालतले सरकारको सोही निर्णयको सदर गरेपछि अमेरिकामा टिकटक बन्द भएको छ।

अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन्।