‘ड्रागन बोट रेस फेस्टिभ’ नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा प्रचार गर्ने महत्त्वपूर्ण कदम हो : मुख्यमन्त्री पाण्डे
वि.सं.२०८१ पुस १५ सोमवार १९:१४
shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ड्रागन बोट रेस फेस्टिभलले नेपालको सरकारी निकायहरू र नेपालस्थित चिनियाँ राजदूतावासबीचको सशक्त सहकार्य र साझेदारीलाई प्रतिबिम्बित गरेको बताएका छन् ।
सोमबार पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ मा बोल्दै उनले यो खेलकुद कार्यक्रम मात्रै नभै संस्कृति आदानप्रदानको लागि एउटा राम्रो मञ्च समेत भएको बताएका हुन् ।
उनले भने, ‘ड्रागन बोट रेस फेस्टिभलले नेपालको सरकारी निकायहरू र नेपालस्थित चिनियाँ राजदूतावासबीचको सशक्त सहकार्य र साझेदारीलाई प्रतिबिम्बित गरेको छ। यो एउटा खेल मात्रै नभै संस्कृति आदानप्रदानको लागि एउटा राम्रो मञ्च समेत हो । गहिरो मित्रता प्रदर्शन गर्ने फूल हो । नेपाललाई एक उत्कृष्ट अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा प्रचार गर्ने महत्त्वपूर्ण कदम पनि हो ।’
साथै उनले गत वर्षहरूको भन्दा यो वर्ष फेस्टिभलमा बढी सहभागिता भएको खुसी लागेको समेत बताए । उनले यो फेस्टिभलले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा बढिरहेको बताए ।













