आज बौद्ध धर्मालम्बीहरुले तोल ल्होसार मनाउँदै
वि.सं.२०८१ पुस १६ मंगलवार ०९:४३
1.95K
shares
shares

काठमाडौं । आज बौद्ध धर्मालम्बीहरुको दोस्रो ठुलो चाड तोल ल्होसार पर्व मनाइँदै छ । यो पर्व नयाँ वर्षको स्वागतका लागि मनाउने सबैभन्दा पुरानो ल्होसार हो ।
पौष शुक्ल प्रतिपदाको दिनमा हिमाली क्षेत्रका मानिसहरूले धूमधामका साथ यो चाड मनाउने गर्दछन् । विशेष गरी यो पर्वमा आकाशतर्फ गहुँको पिठो उडाएर देवताको विजय र भूतको पराजयको कामना गरिन्छ ।
त्यसै गरी मान्यजनहरूको आर्शिवाद लिई बाबरी रोटी, फुरौला, कन्दमूल खाएर तोल ल्होसार मनाइन्छ । तोलको अर्थ समय चक्र हुन्छ । त्यसैले यो ल्होसारलाई समय चक्र संवत्सर पनि भन्ने गरिन्छ । यो ल्होसार सोनाम ल्होसार जस्तै गरी मनाइन्छ ।













