नेपाली बजारमा ६०० रुपैयाँले घट्यो सुनको मूल्य
वि.सं.२०८१ पुस १६ मंगलवार ११:२९
1.76K
shares
shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ६ सय रुपैयाँले घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम छ ।
आइतबार छापावाल सुन मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको थियो ।
छापावाल सुनको मूल्य मंगलबार भने घटेर सोमबार भने सार्वजनिक बिदा भएका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको छ ।












