एमाले सचिवालय बैठक बस्दै

1.18K
shares

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो १२ः३० मा बस्न लागेको हो ।

आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ ।