भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

1.16K
shares

काठमाडौं । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरेको प्रतिवेदनसहितको संशोधन विधेयक पारित गरेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

उनले भने,‘भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको घोषणा गर्दछु ।’

समितिबाट विधेयक पारित भएको अब भ्रष्टाचार निवारण ऐन प्रतिनिधिसभामा पेश हुनेछ ।