रविविरुद्ध काठमाडौंमा पनि मुद्दा चलाउने तयारी, प्रहरीले बुझायो यस्तो प्रतिवेदन
वि.सं.२०८१ पुस १८ बिहीवार १८:०६
1.09K
shares
shares

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ ।
प्रहरीले १ अर्ब १९ करोड रुपैयाँ बढी बिगो मागदाबी गर्नुपर्ने राय दिएको छ । सुरुमा एक अर्ब ११ करोड रुपैयाँ ठगिएको दाबी गर्दै जाहेरी दिइएको थियो । पछि जाहेरी र पीडितको संख्या बढेपछि बिगो पनि थप भएको हो ।
स्वर्णलक्ष्मी सहकारीबाट १६ भन्दा बढी कम्पनीमा २३ करोड ३७ लाख ११ हजार ३२० रुपैयाँ रकम ट्रान्सफर गरिएको अडिट रिपोर्टबाट खुलेको छ ।












