रविसहित सबै प्रतिवादीको तर्फबाट बहस सकियो

1.08K
shares

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित अदालतमा उपस्थित सबै अभियुक्तहरूको तर्फबाट बहस सकिएको छ।

सबैको बहस सकिएपछि अहिले जाहेरवालाका तर्फबाट जवाफी बहस सुरु भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेका अनुसार भोलि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु सुनुवाइ भएको थियो ।

बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ।