विभिन्न मुद्दाका २० जना फरार प्रतिवादी पक्राउ

1.29K
shares

रौतहट । रौतहट प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको टोलीले खोज तलास गरी पक्राउ गरेको हो । रौतहट प्रहरी निरीक्षक राम कुमार महतोका अनुसार यही पुस २३ गते अदालतको फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी रौतहट जिल्ला अदालतमा पठाइएको छ ।

पक्राउ पर्नेमा जालसाजी मुद्दाका अभियुक्त धेरै रहेको उनले जानकारी दिए । जालसाजी मुद्दामा हुलास दास तत्मा, दीपलाल दास, जयलाल दास तत्मा, अखिलेन्द्र कुमार, सुखलाल महरा, फेकु महरा चमार, प्रेमचन्द्र महरा चमार, दशरथ दास तत्मा, शिव दास तत्मा, सुनरपतिया तात्मिनी र बिजयदास तत्मा रहेको उनले बताए ।

लेनदेन मुद्दाका आरोपी राम प्रवेश साह तेली र राज कुमार साहलाई पक्राउ गरिएको प्रहरी निरीक्षक महतोले जानकारी दिए । कुटपिटमा बेनी राय, टैट राय चोरीमा हरि शंकर राय यादव चोरी तथा डाँकामा हरि शंकर राय यादव, सवारी ज्यान मा जितेन्द्र प्रसाद जयसवाल र बिगोमा गौरी शंकर साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनीहरु सँग कैद तथा जरिवाना सजाय तोकिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।