रवि आज र भोलि हिरासतमै रहने, अब पर्सिमात्र बहस

1.82K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज र भोलि हिरासतमै रहने पक्का भएको छ ।

आज थुनछेक बहस नसकिएपछि न्यायाधीशले उनलाई प्रहरीसँगै पठाउने आदेश गरेपछि उनी भोलि पनि हिरासतमै हुनेछन् । भोलि सार्वजनिक बिदा भएकाले अदालत खुल्दैन । अब पर्सिमात्रै थुनछेक बहस हुनेछ ।

लामिछानेले आफूलाई थुनामा नपठाउन अपिल गरेका थिए । तर न्यायाधीश माधवप्रसाद अधिकारीले प्रहरीकै जिम्मा लगाउन आदेश दिएका हुन् ।