भूमि अध्यादेशमा विपक्षी दलको विरोध, माफियाको संरक्षणमा लागेको आरोप

1.96K
shares

काठमाडौं । विपक्षी दलहरुले भूमि अध्यादेशको चर्को विरोध गरेका छन् ।

भूमाफिया र भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने गरी अध्यादेश जारी भएको विपक्षी दलहरुको आरोप छ ।

विपक्षी दलहरूले गरेको संयुक्त पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने, ‘सरकार भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतमा देखिन्छ । त्यसैले भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्न अध्यादेश जारी गरेको हो ।’