नेपाल बंगलादेशसँग पराजित

1.2K
shares

काठमाडौं । १९ वर्षमुनिको आईसीसी टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । आजभएको खेलमा नेपाल ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशका लागि सादिया अक्तरले १६ रन बनाइन् ।

नेपालका लागि रचना चौधरी, रिया शर्मा, पुजा महतो र सिमाना केसीले एक-एक विकेट हात पारे ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको थियो । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसीले १० रन बनाइन् ।

नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग सोमबार खेल्ने‍ छ ।