विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको हो : मन्त्री पाण्डे
वि.सं.२०८१ माघ ५ शनिवार १७:३९
shares

धादिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विकास निर्माणमा भएको गतिरोध चिर्न अध्यादेश ल्याएको बताएका छन् ।
छोटो छोटो समयमा हुने सरकार परिवर्तनले नेपालको विकासलाई खण्डित गरेका कारण दुई ठूला दल मिलेर सरकार निर्माण गरेको बताउँदै गर्दै विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको दाबी गरे ।
बुढी गण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने नरसिंह धामको संरक्षणको बारे आयोजित कार्यक्रम बोल्दै उक्त कुरा बताए ।
बुढी गण्डकी सरकारले उच्च महत्त्व दिएका जल विद्युत आयोजना मध्य एक भएकाले आयोजना सफल हुने उनको भनाइ थियो । नरसिंह धामको संरक्षणको लागि एक अर्ब ५० करोडको लागतमा धाम क्षेत्रलाई सिसा भित्र राख्ने योजना अगाडि सारिएको थियो ।
मन्त्री पाण्डेले यो योजना नेपालको लागि नयाँ भएकोले विस्तृत अध्ययनपछि मात्र यो विषय टुंगो लगाउने बताए ।













