धोविखोला करिडोर क्षेत्रका संरचनामा प्राधिकरणको डोजर

884
shares

काठमाडौं । काठमाडौंको धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन एवं संरचना भत्काउने काम सुरु गरिएको छ ।

उपत्यका विकास प्राधिकरणले डोजर लगाएरै भवन भत्काउन थालेको हो ।

आइतबार काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला क्षेत्रका केही संरचना भत्काइएको छ ।

चाबहिलस्थित ओम अस्पताल नजिकै मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा स्थानीयले अवरोध गर्ने प्रयास गरेका थिए ।

धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको जनाइएको छ ।

मापदण्ड विपरीतको संरचना र सरकारी जग्गा अतिक्रमण गरिएको भन्दै प्राधिकरणले एक्सन लिएको हो ।