थुनछेक बहस नसकिएपछि छविलाई हिरासतमा पठाइयो
वि.सं.२०८१ माघ ६ आइतवार १८:२८
806
shares
shares

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी प्रकरणका प्रतिवादी छविलाल जोशीलाई प्रहरी हिरासतमा पठाइएको छ ।
आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका जोशीको थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा नै पठाउने आदेश भएको हो ।
न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासमा भएको थुनछेक बहस नसकिएपछि उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं हिरासतमा लगिएको छ ।
गोर्खा मिडिया नेट्वर्कमा रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) का साझेदार जोशी यसअघि पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा ८८ लाख धरौटी राखेर छुटेका थिए ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले जोशीलाई ८८ लाख धरौटीमा छाडेपछि काठमाडौं चलेको मुद्दाका लागि उनी हाजिर भएका हुन् ।













