माघ १८ गते हिउँदे अधिवेशन बोलाउने निर्णय
वि.सं.२०८१ माघ ७ सोमवार १६:३८
1.16K
shares
shares

काठमाडौं । चौतफी दबाबपछि सरकारले माघ १८ गते हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।
विपक्षी दललले सरकारले संसद अधिवेशन बोलाउन ढिला गरेर अध्यादेशमार्फत सरकार सञ्चालन गर्न लागेको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।













