राजेन्द्र महतोले पार्टी दर्ता गरे
वि.सं.२०८१ माघ ८ मंगलवार १६:४०
832
shares
shares

काठमडाौं । राजेन्द्र महतोले पार्टी दर्ता गरेका छन् । निर्वाचन आयोगले महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, नेपाललाई दलको मान्यता दिएको हो ।
पछिल्लो पटक राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै महतोले अभियान चलाएका थिए । सोही अभियानलाई राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि उनले आयोगमा निवेदन दिएका थिए ।
आयोगले उक्त दललाई ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ ।













