अखिल क्रान्तिकारी चुनाव : अनुशासन आयोगको सह-संयोजकमा गोविन्दको उम्मेदवारी

1.42K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियुको अनुशासन आयोग सहसंयोजकमा बैतडीका गोविन्द मालले उम्मेदवारी दिएका छन् ।

बैतडीको डिलासैनी ६ स्थायी घर भएका अखिल क्रान्तिकारीको २३औ राष्ट्रिय सम्मेलनमा खुल्लातर्फ अनुशासन आयोग सह संयोजकको उम्मेदवार बनेका हुन् ।

संगठनलाई मर्यादित, व्यवस्थित, मितव्ययी, अनुशासित र उत्पादनसँग जोडिएको संगठन बनाउन आफू प्रतिबद्ध रहेको उनले बताएका छन् ।

२०६८ सालमा सेटिगाऊँ स्कुल कमिटीको अध्यक्ष हुँदै २०७० सालमा जिल्ला कमिटी सदस्य २०७२ सालमा जिल्ला कमिटी सहसचिव भएका माल २०७३ मा जिल्ला कमिटी उपाध्यक्ष जिल्ला संयोजक भएका थिए ।

यस्तै अनेरास्ववियुसँग एकता भएको समयमा बैतडी जिल्ला संयोजक भएका थिए । त्यसपछि फेरि ९औं जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै केन्द्रीय सचिवालय सदस्य हुँदै बैतडी जिल्ला इन्चार्जको जिम्मेवारी निर्वाह गरेका छन् ।