सरकार अस्थिर हुँदा सम्पत्ति शुद्धीकरण निवारण पोलिसिमा समस्या : महान्यायाधिवक्ता बडाल

  • काठमाडौं । सरकारका महान्यायाधिवक्ता रमेश बडालले सम्पत्ति शुद्धीकरण निवारणको लागि महत्त्वपूर्ण चिज प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरण भएको बताएका छन् ।

    सम्पत्ति शुद्धीकरण निवारण ःकानूनी प्रावधान र जिम्मेवारी सम्बन्धी संञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै उनले प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरणको जानकारी राज्यसँग हुनु आवश्यक रहेको बताएका हुन् ।

    उनले भने, ‘सम्पत्ति शुद्धीकरण निवारणको लागि महत्त्वपूर्ण चिज भनेको प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरण त्यो महत्त्वपूर्ण कुरा हो । प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरणको जानकारी राज्यसँग हुन आवश्यक छ । यसको देशभरि जग्गा कति ठाउँमा छ ? कुन कुन कम्पनी कहाँ –कहाँ दर्ता गरेको छ ? कुन कुन संस्था दर्ता गर्‍यो ? त्यो संस्थामा उसले कति–कति कर तिर्‍यो र त्यो कर कानून सम्मत छ की छैन भन्ने कुराको एकीकृत डाटा प्रणालीमा पुर्‍याउनुपर्ने छ ।’

    यसै गरी उनले धेरैजसो सरकार अस्थिर हुँदा सम्पत्ति शुद्धीकरण निवारण पोलिसिमा समस्या आएको बताए । उनले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कतिपय कामहरु समयमा हुन नसकेको बताए ।

    उनले भने, ‘सम्पत्ति शुद्धीकरण निवारणको सन्दर्भमा हामीहरूले केही सुधारात्मक कार्यक्रमहरू गर्दै आइरहेका छौँ । तर कहिलेकहीँ सरकार अस्थिर हुँदा पोलिसिमा समस्या हुने नै भयो । यसरी सरकार अस्थिर हुँदा कतिपय कामहरु समयमा हुन सकेनन् । समयमा कामहरु नहुँदाखेरी कतिपयलाई यसमा समस्या उत्पन्न भैइरहेको थियो । गएको वर्ष हामीले ऐन जारी गर्यौ चैतमा । चैतमा ऐन जारी भइसके पछाडि जुन रफ्तारमा नियमावली बनाउनुपथ्र्यों त्यो बन्न सकेन ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation