नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ

  • मकवानपुर प्रहरीले नाबालिका बलात्कारको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ ।
    हेटौंडा –९ मा भएको घटनामा आठ वर्षकी नाबालिका बलात्कारको आरोपमा एकजना पूर्व शिक्षकलाई पक्राउ गरिएको हो ।
    नावालिकाको परिवारले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले अन्दाजी ५० वर्षका पुरुषलाई नियन्त्रणमा लिएको हो ।
    घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation