नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ
वि.सं.२०८१ माघ १२ शनिवार १२:५०
533
shares
shares
xr:d:DAFQ4UFI_nI:701,j:44705391506,t:23040605
मकवानपुर प्रहरीले नाबालिका बलात्कारको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ ।
हेटौंडा –९ मा भएको घटनामा आठ वर्षकी नाबालिका बलात्कारको आरोपमा एकजना पूर्व शिक्षकलाई पक्राउ गरिएको हो ।
नावालिकाको परिवारले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले अन्दाजी ५० वर्षका पुरुषलाई नियन्त्रणमा लिएको हो ।
घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए ।









