अब एमालेसँग चुनावी सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड

1.11K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंग सहकार्य गरेर चूनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले एमालेसंगको एकता र त्यसपछिको सहकार्य धेरै दिन टिक्न नसकेको भन्दै अव एमालेसंग सहकार्य गरेर चूनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

उनले ८४ को निर्वाचन माओवादीले आफ्नै शक्तिको बलमा लड्ने निर्णय पार्टीले समेत गरिसकेको उल्लेख गरे । प्रचण्डले माओवादीका धेरै कमिकमजोरीलाई सुधार गर्दै जनताको विश्वास जित्ने गरि अघि बढ्ने उल्लेख गरे ।

उनले बिचौलियाहरुको सेटिङ् भत्काउन खोज्दा चलखेल गरेर असंवैधानिक रुपमा संख्याको बलमा आफुलाई हटाउने खेल भएको दोहर्याए ।

अध्यादेशबाट शासन गर्ने गलत परम्परा देखिएपछि बिपक्षीहरु एक भएर सदन बोलाउन दवाव दिएकै कारण सरकारले सदन आह्वान गरेको उनको भनाइ छ ।

प्रचण्डले अव बिपक्षीहरु सामूहिक रुपमा अघि बढ्ने र समाजवादी मोर्चार्ला समेत सक्रिय बनाउने धारणा राखे ।