आगलागीमा श्रीमतीको मृत्यु, श्रीमान घाइते

1.2K
shares

काठमाडौं । काभ्रेमा आगलागीमा परि एकजनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ७० वर्षीया टीकादेवी दंगाल रहेकी छन् । उनका श्रीमान ७३ वर्षका तोयानाथ दंगाल घाइते भएको प्रहरीले जनाएको छ ।

गएराति करिब नौबजे धुलिखेल ९ काभ्रेभञ्ज्याङस्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा बिद्युत सर्ट भई आगो लागेको हो ।

फर्निचर उद्योगबाट सुरु भएको आगो नजिकै रहेको कृष्ण बिकको ढुंगामाटोले बनेको एकतले कच्ची घर, सोही ठाउँका ध्रुबबहादुर बिकको जस्ताले बेरेको र जस्ताले नै छाएको एक तले टहरोमासमेत फैलिएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख एसपपी बसुन्धरा खड्काले जानकारी दिइन्।

आगलागीमा परेर मृत्यु हुने महिला फर्निचरकी कामदार हुन्।