रविको मुद्दामा फैसला सुनाउने तयारी

871
shares

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले रविको मुद्दामा फैसला सुनाउने तयारी गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिए लगत्तै जवाफी बहस पनि सकिएको छ ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भएको थियो ।

न्यायाधीश योगीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गने भन्ने आदेश गर्नेछ ।