सत्तापक्षका सांसदहरूका कारण विधेयकहरूमा ढिलाई भयो : माओवादी

1.18K
shares

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले सत्तापक्षका सांसदहरूका कारण समितिमा रहेका विधेयकहरूमा ढिलाई भएको बताएको छन् ।

आइतबार सभामुख देवराज घिमिरेसँग प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद् अधिवेशन, विधेयकको अवस्था लगायतका बारेमा सभामुखले चासो राखेको भन्दै ढिलो हुनुको कारण सत्ता पक्षकै प्रतिनिधिसँग सोध्न सुझाव दिएको बताए ।

‘विधेयकहरुको बारेमा विपक्ष दलहरुको तर्फबाट त उपस्थित भएकै छौं समितिमा हाजिर हेरेपनि हुन्छ । तर सत्तापक्षकै तर्फबाट सरकारकै मन्त्रीहरु उपस्थित नभएर ढिलो भएको हो । सत्ता पक्षकै सांसद धेरै छन् । ढिलो हुनुको कारण सत्ता पक्षकै प्रतिनिधिसँग संसद सचिवालयले कुरा गर्दा हुन्छ,’ अगाडि भने,‘समितिमा रहेका संघीय निजामती, विद्यालय शिक्षालगायतका महत्त्वपूर्ण विधेयकहरूको बारेमा सभामुखले चासो राखेर छिटो अघि बढाउन पाए हुन्थ्यो भनेर कुरा राख्नुभयो । तर यि विधेयकहरूमा पनि छिटो गर्न धेरै सांसद सत्ता पक्षको भएकाले अघि बढाउन सत्तापक्षकाले पनि ध्यान दिनुपर्छ भनेका छौँ ।’

उनले अध्यादेशका बारेमा सरकारले संसद्लाई राम्रोसँग रेस्पोन्स नगरेको बताए । विधेयक फिर्ता नलिई अध्यादेश ल्याइएकोबारे सभामुखले र संसद सचिवालय पनि सरकारसँग कुरा गर्नुपर्छ भन्ने धारणा राखेको उनले जानकारी दिए ।