१ करोड धरौटीमा रविलाई रिहा गर्न अदालतको आदेश

936
shares

काठमाडौं । रुपन्देही जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सुप्रिम सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए ।

लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।