अध्यादेशबाट देश चलाउनु गलत : डा. डिला संग्रौला

1.01K
shares

विराटनगर । नेपाली कांग्रेकी केन्द्रीय सदस्य डिला संग्रौलाले सरकारले अध्यादेशबाट देश चलाउनु गलत भएको उल्लेख गरेकी छिन् ।

बिहीबार नेपाल डेमोक्याटिक लयर्स एसोसियसन र पेशागत बुद्धिजीवी विभागको संयुक्त आयोजनामा भएको संविधान संशोधन, आवश्यकता र चुनौती’ विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा उनले सरकारले अध्यादेशबाट नभई सदनबाट काम गर्नुपर्ने बताएकी हुन् ।

नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागकी अध्यक्ष समेत रहेकी संग्रौलाले भनिन् ‘संविधानको मूल संरचना परिवर्तन नहुने गरी संविधान संशोधन हुनुपर्दछ भन्ने कुरामा कांग्रेस प्रतिवद्ध छ । यो बहस लोकतन्त्रको केन्द्रबिन्दु विराटनगरमा सुरु भएकाले एउटा निचोड निस्कने छ ।’

प्रधानमन्त्रीले २०८७ मा संशोधन हुन्छ भन्ने कुराको विरोध गर्दै संग्रौलाले प्रधानमन्त्रीले सात बुँदे प्रतिबद्धताको विपरीत कार्य गर्न खोजेको बताइन । संग्रौलाले सरकारले जनतामा आशा जगाउन नसकेकोमा चिन्ता व्यक्त गरेकी छिन् । उनले भनिन् ‘पछिल्लो सामाजिक सञ्जाल विधेयकका नाममा अभिव्यक्ति स्वतन्त्रताको कुण्ठित नहोस् ।’

नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लर्यस एसोसियसनले सातै प्रदेशमा अन्तरक्रिया गर्नेछ ।