‘एक्टर टेक–वन’ देशव्यापी प्रदर्शन गर्न दिने सहमति

1.53K
shares

काठमाडौं । ‘एक्टर’ चलचित्र निर्माता कम्पनी नेपाली डायस्पोरा प्रालिले ‘एक्टर टेक–वन’ चलचित्रलाई देशव्यापी रूपमा प्रदर्शन गर्न दिने भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै ‘एक्टर’ चलचित्रका निर्माता नेपाली डायस्पोरा प्रालि तथा ‘एक्टर–टेक वन’ का संयुक्त निर्माताहरू अदूत फिल्मस् प्रालि तथा मोती फिल्म प्रालिका बीच ‘एक्टर टेक–वन’ चलचित्रलाई देशव्यापीरुपमा प्रदर्शन गर्न दिने सहमति भएको जानकारी गराएका हुन् ।

यसको साथै, ‘एक्टर’ का निर्माताले भोलि माघ १८ गते ‘एक्टर टेक–वन’ निर्माताहरू तथा चलचित्र विकास बोर्ड समेतका विरुद्धमा काठमाडौं जिल्ला अदालतमा प्रतिलिपि अधिकार ऐन बमोजिम उचित क्षतिपूर्ति दिलाई पाउँ भनी दायर गरेको मुद्दा फिर्ता लिने सहमति पनि भएको छ ।

चलचित्र विकास बोर्ड, नेपाल चलचित्र संघ तथा नेपालभरका सम्पूर्ण हलहरूमा उल्लेखित ‘एक्टर–टेक वन’ चलचित्र आजकै मितिबाट प्रदर्शन हुने भएको छ ।