यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

  • काठमाडौं । सरकारले २०८२ साल जेष्ठ पहिलो साता काठमाडौंमा सगरमाथा सम्वाद आयोजना गर्ने निर्णय गरेको छ ।

    माघ २१ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले २०८२ साल जेष्ठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा सम्वाद आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।

    बैठकले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धीत मुद्धाको कामकारवाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौं उपत्यका मुकाम रहने गरि उपभोक्ता अदालत गठन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

    बैठकले बालसुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधा बिहिन बालकालिकाका लागि शैक्षिक कार्यक्रमबीच भएको सम्झौताको अवधि २०८२ साल असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ भने शहरी बिकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरुका लागि चालू आर्थिक बर्षमा अधिकृत स्तरका थप १० अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

    बैठकले विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१ स्वीकृत गरेको छ भने आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१, विशेष आर्थिक क्षेत्र(दोश्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation