उच्च स्कोर बनाएर पनि नेपाल पराजित

910
shares

काठमाडौं । १४६ रनको विशाल स्कोर बनाएपनि नेपाल काठमाडौंमा जारी महिला टी-२०आई अन्तरगत आज भएको खेलमा पराजित भएको छ ।

यो शृंखलामा नेपालको लगातार पाँचौं पराजय हो । नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो ।

नेदरल्यान्ड्सका लागि ओपनर स्टेरे कालिसले ९८ र फेबे मोल्कनबोरले ४८ रन बनाइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको थियो ।

नेपालका लागि पुजा महतोले अविजित ६२ रन बनाइन् । कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् ।