आफ्नै कमी कमजोरी ढाक छोप गर्छौँ भने हामी कहिले सुध्रिन सक्दैनौँ : मन्त्री गुरुङ

  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो काँधमा आएको कुनै पनि जिम्मेवारी एकदमै पूर्ण रूपले टुङ्गाउन नसकेको किन भन्ने ठूलो प्रश्न कडा भएको बताएका छन् ।

    बुधवार काठमाडौंमा आयोजित प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिको छैटौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले विचारमा रक्तसञ्चार र संगठनमा गतिशीलता आउन नसकेको भन्दै यसमा ठूलो प्रश्न उठेको बताएका हुन् ।

    उनले भने, ‘अहिले किन हाम्रो विचारमा रक्तसञ्चार भइरहेको छैन, किन हाम्रो संगठनमा गतिशीलता छैन, किन हामी कुनै पनि पाएको जिम्मेवारी एकदमै पूर्ण रूपले टुङ्गाउन सक्दैनौँ । किन यो आजको हाम्रो प्रश्न हो । हामी आफ्नो कमी कमजोरी ढाक छोप गर्ने काम गर्छौ भने हामी कहिले सुध्रिन सक्दैनौँ । गएको चुनावमा पनि कमजोरी भएको थियो, हाम्रो पार्टी पहिलो पार्टी हुनु पर्दैन ।’

    यसको साथै, उनले केन्द्रीय च्यासलले अभियान नल्याईकन तलको जनसंगठन कुनै चल्दै नचल्ने भएको पनि गुनासो गरेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation