चितवनबाट पनि छुटे रवि, ५४ लाख धरौटी माग
वि.सं.२०८१ माघ २४ बिहीवार १७:२२
2.12K
shares
shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चिवतन जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।
न्यायाधीश दयाराम ढकालको इजलासले लगातार दुई दिनको सुनुवाइपछि रविसँग ५४ लाख धरौटी माग गर्दै रिहा गरेको हो । बुधबार बयान सकिए पनि थुनछेक बहस नसकिँदा रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको थियो ।
यसअघि बहसका क्रममा सरकारी वकिल र जाहेरवालाका कानुन व्यवसायीले रविलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन माग गरेका थिए ।
यसअघि कास्की, काठमाडौं र रुपन्देहीबाट पनि रवि धरौटीमा रिहा भएका थिए ।




