बालयौन दुरुपयोग मुद्दामा मदन राईलाई साढे २ वर्ष कैद
वि.सं.२०८१ माघ २५ शुक्रवार १७:२८
1.24K
shares
shares

काठमाडौं । मदन राईलाई अदालतले साढे २ वर्ष कैद सजाय हुने भएको छ ।
बालयौन दुरुपयोगको मुद्दामा खोटाङका जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले गत बिहीबार राईलाई दोषी ठहर गरेको थियो ।
आज सजाय निर्धारण गरिएको हो ।
यस्तै एक लाख रुपैयाँ जरिवाना र डेढ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन पनि फैसलामा भनिएको छ ।
२०८० जेठ २१ गते उनीविरुद्ध बालयौन दुरुपयोगको अभियोगमा मुद्दा दर्ता भएको थियो। त्यतिबेला उनी ४ लाख धरौटीमा रिहा भएका थिए ।
राईले सञ्चालन गरेको सुभद्रा मदन फाउन्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन्।













