दिल्लीमा अरविन्द केजरीवाल पराजित, भाजपाको सरकार बन्ने
वि.सं.२०८१ माघ २६ शनिवार १५:५६
1.03K
shares
shares

काठमाडौं । दिल्लीमा आम आदमी पार्टीले सर्मनाक हार व्यहोरेको छ । त्यहाँ भारतीय जनता पार्टी भाजपाले २७ वर्षपछि सरकारको नेतृत्व गर्नेछन् ।
चुनाव आयोगका अनुसार अहिलेसम्मको मतपरिणामअनुसार भाजपाले ५ सिट जित्दा ४३ सिटमा अग्रता छ ।
आम आदमी पार्टीले ६ सिटमा जित निकाल्दा १६ सिटमा अग्रतामा रहेको छ । कांग्रेसले दिल्लीमा कुनै पनि सिटमा जित हासिल गर्न सकेको छैन ।
आम आदमी पार्टीका संस्थापक नेता अरविन्द केजरीवालले पराजित भएका छन् ।













