राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मतिले पारित

936
shares

काठमाडौं । राष्ट्रियसभाले मिडिया काउन्सिल विधेयक २०८० सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेश गरेका थिए ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गरे ।

राष्ट्रियसभाको अर्को बैठक फागुन ४ गते आइतबार बस्नेगरी स्थगित भएको छ ।