छविलाल जोशीलाई रुपन्देही अदालतले थुनामा पठाउन आदेश दियो
वि.सं.२०८१ माघ २८ सोमवार १९:४७
1.31K
shares
shares

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरण रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतमा स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले बताए ।
जोशी आजै मात्रै रुपन्देही अदालतमा हाजिर भएका थिए ।
यो मुद्दामा रास्वपा सभापति रवि लामिछाने भने १ करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए ।












