प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित
वि.सं.२०८१ माघ २९ मंगलवार १४:५६
shares

काठमाडौं । विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएर विपक्षी दलहरुले अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
सांसद खतिवडालाले पद्दती विपरित गएर रास्वपा सभापति रवि लामिछानेले पदको दुरुपयोग गरेको कुरा उठाएपछि विपक्षी दल रास्वाले खतिवडाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।
त्यस्तै माओवादीका तर्फबाट बोल्दै हितराज पाण्डेले आकस्मिक र शून्य समय सकिएपछि नियमावली विपरीत गएर बोल्ने समय दिएकोमा आपत्ति जनाए ।
सभामुख देवराज घिमिरेले खतिवडाले कुन नियमावलीको आधारमा बोलेको भन्ने संसद सचिवालयलाई अध्ययन गरेर निर्णय गर्न आदेश दिएको जानकारी दिए ।
उनका अनुसार अब सचिवालयको धारणा आइसकेपछि बैठक अगाडि बढ्छ ।













