उपेन्द्र यादव अध्यादेशको पक्षमा, तत्काल सरकारको संकट टर्यो

1.24K
shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारले ल्याएका अध्यादेशको पक्षमा उभिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले भूमि सम्बन्धी अध्यादेश बाहेक अन्य ५ वटा अध्यादेश स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारले माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश दर्ता गरे पनि अहिलेसम्म निर्णयार्थ पेस गरेको छैन।

राष्ट्रिय सभामा जसपा नेपालका ३ सांसद छन्।