काठमाडौंको बबरमहल क्षेत्र जलमग्न
वि.सं.२०८१ माघ ३० बुधवार १५:४४
2.05K
shares
shares

काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्र जलमग्न भएको छ । मेलम्ची खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न बनेको हो ।
सो क्षेत्रमा पानी पसेपछि विशेष अदालत र काठमाडौं जिल्ला अदालतको पुरानो भवनको भुइँतला डुबेको छ ।
यस्तै विशेष अदालतमा पानि पानी पसेको छ । त्यहाँको भुइँतलामा रहेका कागजपत्र र कम्प्युटरहरु माथिल्लो तलामा सारिएको छ ।
आजका लागि सबै सुनुवाइ पनि स्थगित गरिएको छ ।













