काठमाडौंको बबरमहलमा फुटेको पाइन मर्मतको काम सकियो
वि.सं.२०८१ फागुन १ बिहीवार १४:५५
1.08K
shares
shares

काठमाडौं । राजधानी काठमाडौंको बबरमहलमा बुधबार दिउँसो फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएका ेछ ।
नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा पाइप फुटेको थियो ।
करिब २० घण्टापछि मर्मतको काम सकिएपछि अहिले पानी परीक्षणको काम भइरहेको छ ।
बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको थियो ।
उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो । पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी आइरहेको थियो ।













