नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

1.08K
shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् ।

उनले प्रतिस्पर्धी नेत्र चापागाईंलाई पराजित गरेका हुन् । निर्वाचन परिणामको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।