धुनिबेसीमा एमोनिया ग्याँस लिक, आगलागीको जोखिम (भिडियोसहित)
वि.सं.२०८१ फागुन २ शुक्रवार १२:३९
shares

त्रिभुवन राजपथ अन्तर्गतको बाहुनडाँडामा एमोनियाँ ग्याँस लिक भएको छ ।
धुनिबेसी नगरपालिका वडा नं. ८ बाहुनडाँडामा करिब १२ बजेतिर ग्याँस लिक भएको हो । ग्याँस लिक भएपछि त्यहाँ भागाभागको स्थिती सिर्जना भएको हो ।
प्रत्यक्षदर्शिका अनुसार ग्याँस लिक भएको स्थानदेखि टाढा टाढा सम्म पनि गन्ध आएको छ । धुवाँको मुस्लो जसरी आएको ग्याँसले आँखामा पिरो हुने, श्वास फेर्न गारो हुने र हेर्न नमिल्ने भईरहेको छ । ग्याँस टाढा सम्म पनि फैलिएपछि यात्रु तथा वरपरका मानिसहरुमा त्रास फैलिएको छ । ग्याँसले आगलागीको समस्या पनि निम्त्याउने सक्ने जोखिम बढेको छ ।
घटना स्थलमा प्रहरी समेत छ । प्रहरीले सवारी रोकेर राखेको छ । ग्याँस लिक भएपछि सवारी आवतजावतमा समेत समस्या निम्तिएको छ । ग्याँस के कति कारणले लिक भएको भन्नेबारेमा खुलेको छैन् । प्रहरीले अहिले सर्वसाधारणलाई सुरक्षित राख्ने प्रयास गरिरहेको छ । केही समयमा यो विषयमा अनुसन्धान हुने र विस्तृत जानकारी दिने प्रहरीले बताएको छ ।











