संविधान शंंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त
वि.सं.२०८१ फागुन ३ शनिवार १४:५७
shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संविधान शंसोधन अपरिहार्य भएको बताएका छन् । शनिबार संविधान संशोधन सम्बन्धी सार्वजनिक संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा संविधान शंंसोधन नभए संविधान नै नबाँच्ने उनको भनाइ थियो ।
उनले भने, ‘संविधान शंसोधन गर्नुपर्छ । किनभने संविधान निर्माण गरिरहेका बेला माओवादी एउटा निर्णायक शक्तिका रुपमा थियो । त्यो बेला संविधानमा रहेका असन्तुष्टि र असहमतिहरु अहिले आएर व्यक्त हुन थालेका छन् । नेपालमा जुन संविधान शंंसोधन भएको छैन शंसोधन नभएको संविधान बाँचेको इतिहास छैन् । समय अनुसार परिवर्तन हुनुपर्छ । संविधानलाई बचाउन पनि समयअनुसार परिवर्तन गरेर शंसोधन गर्नैपर्छ ।’
साथै उनले संविधान शंसोधन हुने कुरा त्यति सहज नभएको बताए । उनले अध्यादेशलाई नै लिएर संसदमा विरोध भइरहेकाले संविधान त्यति सहजताका साथ संशोधन नहुने बताए ।
‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक’
यसैगरी पूर्वसञ्चार मन्त्री रेखा शर्माले पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिने बताएकी छन् । उनले निर्वाचनमा उत्पीडित समुदायका मानिसहरु चुनाव लड्न नसक्नु नै निर्वाचन प्रणालीको समस्या भएको बताइन् ।
उनले भनिन्, ‘संविधान भनेको देशको मूल कानून हो । मूल कानून आफैंमा कार्यान्वयन हुँदैन । यसलाई अरु कानून बनाएर कार्यान्वयन गराउनुपर्छ । कानून बनाएर कार्यान्वयन गर्ने कुराको प्रक्रिया नै हामीले पूरा गरेका छैनौं । समान अधिकारको कुरा संविधानमा लेख्यौं तर आजसम्म पनि दृढतापूर्ण कानून नबन्दा समाजमा त्यो कार्यान्वयन भइरहेको छैन । राजनीतिक अस्थिरताका कारण पनि संविधान संशोधन हुनुपर्छ । यसका साथै निर्वाचन प्रणाली पूर्ण प्रत्यक्ष बनाउनुपर्छ, संविधान संशोधन गरेर नै पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ । निर्वाचनमा उत्पीडित समुदायका मानिसहरु चुनाव लड्न नसक्नु नै निर्वाचन प्रणालीको कमजोरी भयो ।’
साथै उनले निर्वाचन प्रणाली बदल्नुपर्ने आफ्नो दलको माग समेत रहेको बताइन् । उनले चुनाव नै विकृतिपूर्ण बन्दै गएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिने बताइन् ।
यसैगरी रास्वपाका सांसद सन्तोष परियारले दुईवटा पार्टी एक ठाउँमा आउँदैमा संविधान शंसोधन नहुने बताएका छन् । सोही कार्यक्रममा बोल्दै उनले संविधान संशोधन गर्नका लागि सबै दलहरु एक ठाउँमा बसेर गहन छलफलपछि मात्र शंसोधन हुने बताए ।
उनले भने, ‘हाम्रो प्रवृत्ति स्थायी छैन् । राजनीतिक संस्कार नै स्थायी छैन् । दुई वटा पार्टी एक ठाउँमा आउँदैमा संविधान शंसोधन हुँदैन् । दुईवटा पार्टी एक ठाउँमा आउँदैमा संविधान शंसोधन हुने कुरा सम्भव छैन । तर व्यापक छलफलमा गरेर जानुपर्छ । अरुलाई तिरस्कार गरेर होइन हाम्रा अप्ठ्याराहरु स्वीकारेर एक ठाउँमा पुग्यौं भने संविधान शंसोधन हुन्छ ।’
साथै उनले संविधानमा समावेशिता भएपनि जातकै कारणले दलितहरुले दुख पाएको बताए ।
उनले भने, ‘जातकै कारणले दलितहरुले दुःख पाएका छन् । जात र जाती मात्रै होइन समावेशी भन्ने छ तर दुःख पाएको जातले नै छ । यो सबैले स्वीकार्नु नै पर्छ । समावेशी भन्नाले महिलाको मात्र होइन, अन्य फरक लैङ्गिक पहिचानको कुरा पनि हो । तर समावेशितामा महिला बढी मारमा परेको चाँही हो ।’
यस्तै, नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले देशमा तीन जना पालैसँग प्रधानमन्त्री हुँदा तीन जना एउटा पार्टी बाँकी अर्को पार्टी जस्तो भएको बताए । उनले यसको जिम्मेवार को हुने टुङगो गर्नुपर्ने पनि बताए ।










