पुलिसलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा रारा च्याम्पियन

546
shares

पोखरा । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ ।

६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई शनिबार ३–१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं आहा राराको‌ उपाधि जितेको हो ।

आहा रारा जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी टोली बनेको‌ छ । यसअघि २०६२ सालमा पुलिसलाई नै हराएर अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो ।

पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस पाचौँ पटक उपविजेतामा सिमित बनेको हो ।
यसअघि सभापति कप, बुढासुब्बा, भरतपुर गोल्ड कप गरि ३ प्रतियोगितामा लगातार पहिलो खेलबाटै बाहिरिएको पुलिस आहा राराको भने ३ खेल जित्दै फाइनल पुगेको थियो ।