धोबिखोलामा कार खसेको कार निकालियो (फोटोमा हेर्नुहोस्)

1.31K
shares

काठमाडौं । काठमाडौंको धोबिखोलामा खसेको कार निकालिएको छ । आइतवार साँझ मदन भण्डारी कलेज छेउमा कार खसेको हो ।

बा २१ च ६६१४ नम्बरको कार आज साँझ धोबिखोलामा खसेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ । कुनै मानवीय क्षति नभएको र आवश्यक चेकजाँच गरिरहेको पनि प्रहरी वृत्त सिंहदरबारले दिएको छ । करिब १५÷२० मिनेटसम्म हर्न बजाउँदा पनि कार चालक उद्धार नभएको उनको साथीको भनाई छ । चालकले पुल भनेर कार मोड्दा खोलामा खसेको उनले बताए । कार चालकलाई सामान्य चोट पटक लागेको उनले न्युज इन नेपाललाई जानकारी दिए ।

यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।