मेयर आचार्य डिस्चार्ज
वि.सं.२०८१ फागुन ८ बिहीवार १५:२४
1.12K
shares
shares

काठमार्डौं । बेलुन विस्फोट हुँदा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा घाइते भएपछि कीर्तिपुर अस्पतालमा उनको उपचार भइरहेको थियो ।
उनीसँग सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।













