
काठमाडौं । ताप्लेजुङमा फेरि झडप भएको छ । बिहीबार ‘नो केबुलरकार’ समूह र प्रहरीबीच भएको झडपमा १२ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना रहेको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् ।
सुरुमा माइकिङ गर्दै पानीको फोहोरा हानीएको उनको भनाइ छ ।